सरकारले युद्धविराम लम्ब्याउन गरेको आग्रह विद्रोहीले अस्वीकार

(असार ४, एजेन्सी) । अफगानिस्तान सरकारले घोषणा गरेको तालिवानसँगको युद्धविरामको समय शनिबार थप गरेको भए पनि तालिबानले भने युद्धविरामको समयावधि बढाउन अस्वीकार गरेको छ ।

अफगानिस्तानका राष्ट्रपति असरफ गनिले भने टेलिभिजन सम्वोधनमार्फत् आइतबारदेखि तीन दिन युद्धविरामको समय बढाएका थिए । उनले सो समय बढाएर मङ्गलबारसम्म पुर्याएका थिए । सम्वोधन मार्फतनै उनले युद्धविराम गर्न तालिबान लडाकूलाई पनि आग्रह गरेको भएता पनि तालिवानले सो आग्रह अस्वीकार गरेको जनाइएको छ ।

मुस्लिम समुदायको सबैभन्दा ठूलो पर्व इद मनाउन उनीहरुले इदका लागि भन्दै तीनदिने युद्धविरामको घोषणा गरेका थिए । उनीहरुको युद्धविरामको समय आइतबार मध्यरातिसम्म रहेकोमा उनीहरुले उक्त समय लम्ब्याउन भने मानेनन् ।

त्यस्तै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले युद्धविरामको स्वागत गर्दै तालिबानहरुलाई पनि युद्धविरामको समयावधि बढाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक एकता, समानता र सद्भाव सुदृढ बनाउन महत्वपूर्ण भूमिका

काठमाडौँ, १० कार्तिक । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका

काठमाडौँ, १० कार्तिक । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई जतिसक्दो चाँडो शान्ति र स्थायित्वमा रूपान्तरण गर्नुपर्ने

काठमाडौँ, १० कार्तिक । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर शक्तिहरू बिच आपसी सम्मान, सामाजिक सद्भाव