कलाकार दीपक छेत्री सम्मानित

(असार ४, काठमाडौँ) ।  नेपाली चलचित्र क्षेत्रका भर्भराउँदा नक्षत्र कलाकार दीपक क्षेत्री सम्मानित भएका छन् ।

गायक तथा संगीतकार सूर्य राई कमलको जन्मदिन पारेर चोभारगेट कीर्तिपुरस्थित बाल आश्रममा ‘राई दनुवार कलाकार संघ’द्वारा अायोजित विशेष कार्यक्रममा गएसङ्क्रान्ति छेत्रीलाई सम्मानित गरिएको हो ।

गायक तथा संगीतकार राईले आफ्नो ३४ औं जन्मदिनको अवसर पारेर शुक्रबार सगरमाथा फाउन्डेसनद्वारा संचालित बाल आश्रमका ५० जना बालबालिकाहरूलाई भोजन गराएर मनाइएको उक्त कार्यक्रममा संघका संस्थापक सदस्य सुभाष राईद्वारा संस्थागत गतिविधिलगायत गायक सूर्य र कलाकार छेत्रीका सामाजिक योगदानबारे चर्चा गरेका थिए ।

 चर्चित संगीतकार विकास चौधरीलाई विशेष सम्मानसमेत गरिएको कार्यक्रममा चलचित्रकर्मी रोशन श्रेष्ठ, स्टण्टम्यान अतीत, समाजसेवी अार के लिम्बु, मोडल सबिना केसी तथा रोमान्टिक कवि नारायण नेपालसहितका कलाकार, समाजसेवी एबम् साहित्यसर्जकहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्