(असार २, संखुवासभा) । अरुण तेश्रो जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा ४ जना कामदारको मृत्यु भएको छ ।
निर्माणाधीन अरुण तेश्रोको सुरुङ खन्ने क्रममा शुक्रबार ढिस्कोले पुरिएर २ जना नेपाली र २ जना भारतीय कामदारको ज्यान गएको प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा कालिकोट सिउना गाउँपालिका –४, का प्रदिप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका –१, का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत बिहारका नन्द किशोरको ज्यान गएको हो ।




