विश्वकप फुटबल : आज अर्जेन्टीना र आइसल्याण्ड भिड्दै

(असार २, काठमाडौं) । विश्व फुटबलका सुपर स्टार लियोनेल मेसीको कप्तानीमा अर्जेन्टीना र आइसल्याण्डविच मास्कोको स्पार्टक स्टेडियममा नेपाली समय अनुसार शनिबार ६ः४५ मा हुने छ ।

अर्जेन्टिनाले अघिल्लो संस्करणमा पनि उपबिजेतामा चित्त बुझाउनु परेको थियो । अहिलेको विश्व कपमा अर्जेन्टीना तेस्रो पटक विश्वकप जित्ने लक्ष्यकासाथ रुस पुगेको छ, भने सवैको नजर मेसीमा परेको छ ।

विश्व कपमा आइसल्याण्ड पछिलो दुई वर्षमा सानदार फर्ममा चलिरहेको छ । त्यसैले पनि आइसल्याण्डलाई कमजोर टीमको रुपमा लिनु जुनसुकै टीमको लागि पनि खतरा हुन सक्छ ।

अर्जेन्टीनाले क्वालिफाइमा प्रदर्शन त्यती राम्रो गर्न सकेको थिएन एक समय त विश्व कपबाट बाहिरीने सम्भावना पनि बढेको थियो । मेसीले इक्वाइटर विरुद्ध ह्याट्रीक गर्दै आफ्नो टीमलाई विश्वकपको टीकट कटाएका थिए । अर्जेन्टीनाको टीम मेसीमा कति निर्भर छ, भन्ने कुरा पनि यो खेलबाट अन्दाज लगाउन सकिन्छ ।

क्वालिफाइ सकिएपछि अर्जेनटीनाले स्पेन र नाईजीरियासँग खेलेको खेल गुमाउनु परेको छ । सो खेलमा अर्जेन्टीनाका दुई जना स्टाईकर खेलाका थिएनन् । अब हुने ग्रुप ‘डी’को पहिलो खेलमा पनि खेल जिताउने जिम्मा मेसीमा नै हुने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि