(असार १, काठमाडौं) । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले ९ वटा निर्णय गर्दै अनुगमन तथा अनुशासनमा जोड दिने भएको छ ।
मिति २०७५ असार १ गते समितिका अध्यक्ष नारायणकुमार दाहालको अध्यक्ष्यतामा सम्पन्न बैठकले उपत्यका प्रदेश समितिलाइ चलायमान बनाइ राख्न विभिन्न समितिको आवश्यकता महसुस गर्दै आजको बैठकले गठित समितिका संयोजकज्युहरुले आ-आफ्नो समितिमा आवश्यकता अनुरुप आवश्यक सदस्य थप गर्ने सक्ने कार्याधिकार सहित देहायवमोजिमका निर्णयहरु गरेको छ ।
१. पत्रिका प्रकाशन समिति : प्रदेश समितिको तर्फबाट पकाशन गर्ने तयारी रहेको त्रैमासिक पत्रिका प्रकाशनका लागि संयोजक – समितिका उपाध्यक्ष महिला प्रमिला वानियाँ ।
२. उपत्यका प्रदेश समन्वय समिति : उपत्यकास्थित स्थानीय निकाय र सरकारी कार्यालयसंग कार्यगत एकता कायम गर्ने लक्ष्य सहित संयोजक-महासचिव श्रीजन झा ।
३. अनुगमन तथा अनुशासन समिति : प्रदेश समितिका उपाध्यक्ष माधव पौडेलको संयोजकत्वमा अनुगमन तथा अनुशासन बनाइराख्न गठन गरिएको छ ।
४. उपत्यका स्तरिय जिल्ला तथा प्रदेश पार्षद भेला आयोजना समिति : उपत्यकास्थित महासंघको जिल्ला तथा प्रदेश पार्षद भेलाको आयोजनाका लागि संयोजक – प्रदेश समिति सचिव विष्णु आचार्य । त्यस्तै सचिव आचार्यको संयोजकत्वमा प्रदेश समितिको भवन निर्माणका लागि आवश्यक जग्गा खोज तथा प्राप्ति समिति समेत गठन गएिको छ ।
५. समावेसी समिति : समावेसी संरचना कार्यान्वनका लागि संयोजक प्रदेश समितिका सचिव अमर भुज ।
६. श्रमजीवी हकहित (पत्रकार) प्रवद्र्धन समिति : श्रमजीवी हकहित (पत्रकार) प्रवद्र्धनका लागि आवश्यक कार्य सम्पादन गर्ने लक्ष्य सहित संयोजक – प्रदेका समतिका कोषाध्यक्ष टेनिस रोक्का ।
७. स्वरोजगारमुलक पत्रपत्रिका प्रवद्र्धन समिति : स्वरोजगारमुलक पत्रपत्रिका प्रवद्र्धनका लागि अख्तियार गर्नुपर्ने मार्ग पहिचान गर्दै सोहि मुताविकको कार्य सम्पादन गर्ने लक्ष्य सहित संयोजक ( प्रदेश सदस्य सागर पन्त ।
८. कानुन समिति : आवश्क कानुनी परामर्शको लागि संयोजक – प्रदेश समिति सदस्य मणिराम पौडेल ।
९. स्वास्थ्य समिति : प्रदेश समितिको तर्फबाट आयोजना गर्ने सक्ने स्वास्थ्य संग सम्बन्धीत विविध कार्यक्रमको आयोजना तथा सरोकारवाला निकायसंग सम्न्वय गर्ने ।






