जनता दलका नेता माथि जोगवनीमा गोली प्रहार, अवस्था गम्भीर

(जेष्ठ ३१, मोरङ) । नेपाल–भारत सीमा क्षेत्रभन्दा सय मिटर भारतीय भूमिमा अज्ञात समुहले जनता दल युनाईटेडका नेता पप्पु पटेलमाथि गोली प्रहार भएको छ ।

गोली प्रहारमा परि उनको अवस्था गम्भीर रहेको छ । भारतको जोगबनीमा बिहीबार दिउँसो एक नेतामाथि गोली प्रहार भएको हो । रानी भन्सारदेखि करिब एक सय मिटर टाढा टिकुलिया बस्तीमा अज्ञात समूहले मोटरसाइकलमा हिँडिरहेको बेला पछाडिबाट ३ राउण्ड गोली प्रहार गरिएको भारतीय प्रहरीले जनाएको छ ।

गोली लागेका पप्पुलाई तत्काल विराटनगरमा रहेको विराट नर्सिङ होममा उपचारको लागि ल्याइएको थियो । गम्भीर घाइते भएका पटेललाई नर्सिङ होममा उपचार हुन नसकेपछि धरानमा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

उता घटघरटना स्थलबाट भारतीय प्रहरीले पेस्तोलमा प्रयोग भएका गोलीहरु बरामद गरेको फार्बिसगंजका एसडीपीओ मनोज कुमारले जानकारी दिएका छन् ।

पटेललाई गोली प्रहार गर्ने अज्ञात समूह नेपालतर्फ नै भागेको हुन सक्ने भारतीय प्रहरीको अनुमान छ । घटना भारतमा भएका कारण थप जानकारी नआएको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष