जनता दलका नेता माथि जोगवनीमा गोली प्रहार, अवस्था गम्भीर

(जेष्ठ ३१, मोरङ) । नेपाल–भारत सीमा क्षेत्रभन्दा सय मिटर भारतीय भूमिमा अज्ञात समुहले जनता दल युनाईटेडका नेता पप्पु पटेलमाथि गोली प्रहार भएको छ ।

गोली प्रहारमा परि उनको अवस्था गम्भीर रहेको छ । भारतको जोगबनीमा बिहीबार दिउँसो एक नेतामाथि गोली प्रहार भएको हो । रानी भन्सारदेखि करिब एक सय मिटर टाढा टिकुलिया बस्तीमा अज्ञात समूहले मोटरसाइकलमा हिँडिरहेको बेला पछाडिबाट ३ राउण्ड गोली प्रहार गरिएको भारतीय प्रहरीले जनाएको छ ।

गोली लागेका पप्पुलाई तत्काल विराटनगरमा रहेको विराट नर्सिङ होममा उपचारको लागि ल्याइएको थियो । गम्भीर घाइते भएका पटेललाई नर्सिङ होममा उपचार हुन नसकेपछि धरानमा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

उता घटघरटना स्थलबाट भारतीय प्रहरीले पेस्तोलमा प्रयोग भएका गोलीहरु बरामद गरेको फार्बिसगंजका एसडीपीओ मनोज कुमारले जानकारी दिएका छन् ।

पटेललाई गोली प्रहार गर्ने अज्ञात समूह नेपालतर्फ नै भागेको हुन सक्ने भारतीय प्रहरीको अनुमान छ । घटना भारतमा भएका कारण थप जानकारी नआएको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका