कर्णाली प्रदेशले २३ अर्बको बजेट ल्याउने, राजश्व आफै संकलन गर्ने

(जेष्ठ ३०, सुर्खेत) । कर्णाली प्रदेश सरकारले असार एक गते ल्याउने आर्थिक वर्ष २०७५र७६ का लागि २३ अर्ब बराबरको बजेट ल्याउने तयारीसँगै प्रदेशको राजश्व आफै संकलन गर्ने भएको छ ।

प्रदेश सरकारले प्रादेशिक गौरवसहित महत्वपूर्ण योजनाहरुमा बजेट विनियोजन गर्ने गरी बजेट तथा केन्द्रीय सरकारले कर्णाली प्रदेशलाई पठाउने सशर्त अनुदान र प्रदेश आफैले राजश्व संकलन गर्ने लक्ष्यका साथ बजेटको तयारी गरेको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

संघीय सरकारले प्रदेश सरकारलाई दिने वित्तीय समानिकरण अनुदान ९ अर्ब १३ करोड, राजश्व बाँडफाँडबाट प्राप्त करिब ५ अर्ब ५१ करोड र सशर्त अनुदानबाट ६ अर्ब ६१ करोड र प्रदेशको आन्तरिक स्रोतबाट करिब ५० करोड र चालु आर्थिक वर्षको बाँकी करिब ५० करोड बजेट गरी करिब २३ अर्बको बजेट ल्याउने तयारी गरेको हो ।

आगामी वर्षको बजेट कर्णाली प्रदेशका प्रत्येक स्थानीय तह, निर्वाचन क्षेत्रमा राम्रो देखिने निश्चित महत्वपूर्ण योजना र जनताको उत्पादन र रोजगारी केन्द्रित हुन्छ मन्त्री ज्वालले बताएका छन् ।

मन्त्री ज्वालाले कर्णाली हिजोका दिनमा उपेक्षित भएकाले अब त्यो स्वीकार्न नहुने भन्दै केन्द्र सरकारसँग आगामी दिनहरुमा धेरै भन्दा धेरै बजेट ल्याउने प्रयास गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका–४

काठमाडौँ, ८ भदौ । बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ

उदयपुर, ८ भदौ । उदयपुरको बेलका नगरपालिका-५ जहडामा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना

उदयपुर, ८ भदौ । उदयपुरमा १९९ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट