प्रहरी टोलीमाथी आक्रमण : प्रहरीको जबाफी कारबाहीमा गुण्डा नाइके लामा घाइते

(जेष्ठ २८, काठमाडौं) । प्रहरीले काठमाडौंको युएन पार्कमा प्रहरीको गोली प्रहारमा परी गुण्डा नाइके अशोक लामा घाइते भएका छन् ।

महानगरीय अपराध महाशाखाबाट रेगुलर सर्च अप्रेशनमा खटिएको प्रहरी टोलीमाथी आक्रमण प्रयास गरेपछि लामामाथि गोली प्रहार गरिएकोम अपराध महाशाखाले जनाएको छ ।

महाशाखा प्रमुख धिरजप्रताप सिंहका अनुसार ललितपुर क्षेत्रका व्यापारीहरुलाई धम्क्याउँदै हप्ता उठाउने गरेका लामाले भैँसेपाटी क्षेत्रका क्रसर उद्योगलाई पनि धम्की दिँदै आएको पत्ता लागेपछि प्रहरीले पक्राउ गर्न खोजेको थियो । प्रहरीले लामालाई पक्राउ गर्ने क्रममा दुई राउन्ड गोलीसहितको एउटा पेस्तोल पनि बरामद गरेको सिंहले जानकारी दिए ।

गुण्डा नाईके लामामाथि खानतलासी गर्न खोज्दा प्रहरीमाथि जाइ लागेपछि अपराध महाशाखाको टोलीले गोली हानेको सिंहले जानकारी दिए । सिंहका अनुसार दाहिने खुट्टाको माथिल्लो भागमा गोली लागेका लामालाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेन्जी आन्दोलनमा लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध

जनकपुरधाम, ११ कार्तिक  । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् । उनले जनकपुरधामस्थित गङ्गा सागर पोखरीको

काठमाडौँ, ११ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank

अर्घाखाँची, १० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन–जी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई