विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदर ७ प्रतिशत : विदेश जाने घटे

(जेष्ठ २८, काठमाडौं) । विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदर चालु आर्थिक वर्षको पहिलो १० महिनामा विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदरमा ७ प्रतिशतले वृद्धि भएको छ भने विदेश जानेको संख्या घटेको छ ।

१० महिनासम्म विदेशबाट ६ अर्ब ६ करोड ६८ लाख रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ । समीक्षा अवधिसम्म खुद ट्रान्सफर ६९२ अर्ब २३ करोडमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १०.३ प्रतिशतले बढेको थियो । अघिल्लो वर्ष यो समयसम्म रेमिट्यान्स आप्रवाह ५.२ प्रतिशतले मात्रै बढेको थियो ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या चैतसम्म ६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.९ प्रतिशतले घटेको थियो । वैशाखसम्म झण्डै ३ लाख १५ नेपाली विदेशिएका छन् । खाडी राष्ट्रको रोजगारी र आर्थिक क्षेत्रमा देखिएको संकट नै विदेश जानेको संख्या घट्नुको मूल कारण मानिएको छ । अहिले नेपालीको ८२ प्रतिशतभन्दा बढी रेमिट्यान्स उपभोगमै सकिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष र

काठमाडौँ, २९ असार । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारले समस्याको समाधान खोज्नुको साटो सरकारले बल  प्रयोग गरेर आवाज दबाउन

काठमाडौँ, २९ असार । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज काठमाडौँमा मनाइएको छ ।  राजधानी काठमाडौँमा प्रभातफेरिको आयोजना गरिएको

काठमाडौँ, २९ असार । परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताएका