प्रदेश ४ मा कांग्रेसद्वारा सभा अवरोध : प्रदेशनामाकरण पहिलो प्राथमिकता

(जेष्ठ २८, पोखरा) । प्रदेश नं ४ को आइतबार बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसले पहिले प्रदेशको नामाकरण हुनु पर्ने भन्दै अवरोध गरेको छ ।

काग्रेसले विधेयक र प्रस्ताव पहिले नै छलफल गरी टुंग्याउनुपर्ने माग राख्दै कांग्रेसले सभा अवरोध गरेको थियो । २०७४ चैत १२ गते गठित नामांकन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले जेठ २१ गतेको बैठकमा उपयुक्त नामलाई प्राथमिकीकरण गरी प्रदेशसभामा प्रतिवेदन बुझाएको थियो ।

कांग्रेसले नियतबस नामका विषयमा छलफल नचलाइएको भन्दै सभामै नाराबाजीसमेत गरेको थियो । प्रदेशसभाको गरिमा राख्नुपर्ने मागसहित नाराबाजी गरिएपछि आधा घण्टाका लागि संसद् स्थगित भयो ।

दिउँसो २ बजेका लागि बोलाइएको बैठक दलबीच सहमति जुट्न नसकेपछि ५ बजेमात्रै बैठक सुरु भएको थियो । त्यसपछि पनि कांग्रेसका सदस्यहरुले नारा लगाएपछि फेरि आधा घण्टाका लागि बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेन्जी आन्दोलनमा लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध

जनकपुरधाम, ११ कार्तिक  । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् । उनले जनकपुरधामस्थित गङ्गा सागर पोखरीको

काठमाडौँ, ११ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank

अर्घाखाँची, १० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन–जी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई