शिल्पा स्टारर फिल्म वीराङ्गनाका दोस्रो गीत रिलिज (भिडियो सहित)

(जेठ २६, काठमाडौं) । नेपाली चर्चित नायीका शिल्पा पोखरेल स्टारर फिल्म वीराङ्गनाको ‘तिम्रो हाम्रो मायामा बियर परेछ’ बोलको गीत राजधानीमा एक कार्यक्रम गरि  सार्वजनिक गरिएको छ ।

गीतमा नायिका शिल्पा पोखरेल र नायक पृथ्वी राज प्रसाईंलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । दिपक शर्माको संगीत र रघु परियारको शब्द रहेको गीतमा कृष्ण काफ्ले र रेश्मा पुनको स्वर रहेको छ । फोर्थ आई मुभिजको ब्यानरमा बनेको फिल्मलाई बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् ।

राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको  चलचित्रमा शिल्पा र पृथ्वीका अलावा अनुपविक्रम शाही, प्रज्वल गिरी, प्रिया रिजाल, धिरेन शाक्य, सुशील पोखरेल, कृष्ण शिवाकोटी, ध्रुव कोइराला, अंशु थापा, अमृत सापकोटा लगायतको अभिनय रहेको छ ।

श्री श्रेष्ठको द्धन्द निर्देशन रहेको  फिल्म  असार २९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्