चीनले संवेदनशील तथ्याङ्क चोरेको अमेरिका जाँच व्युरोको दावी

(जेष्ठ २६, एजेन्सी) । चीन सरकारले अमेरिकी सेनासँग सम्बन्धित नौसेनाको ठेकेदारबाट अति संवेदनशील तथ्यांक ह्याक गरेको अमेरिकी संघीय जाँच ब्युरोले आरोप लगाएको छ ।

गत जनवरी र फेब्रुअरीमा तथ्यांक माथि आक्रमण भएको अमेरिकी सञ्चारसंस्था सीबीएस न्युजले उल्लेख गरेको छ । आवाजको गतिमा उड्ने सुपरसोनिक मिशाईल परियोजनाको जहाज सम्बन्धी सुचना चोरी गरेको जाँच व्युरोले दावी गरेको हो ।

कम्पनीको तथ्यांक चोरी गरी अमेरिकी सेनाको पनडुब्बी र पानीमुनि प्रयोग गरिने हतियारको अनुसन्धान र विकासमा भएको अध्ययनको तथ्यांक संकलन गरेको आरोप लगाईएको छ । रोड आईल्याण्डको न्युपोर्टमा रहेको सैन्य क्याम्पको सुचना चोरी भएको अमेरिकी अधिकारीको दाबी छ । चीनले बनाएको सी ड्रयागन नाम दिईएको पनडुब्बिका लागी अधययन भैरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका