(जेठ २६, काठमाडौँ) । चर्चित गायिका इन्दिरा जोशीको ‘रेलीमाइ’ बोलको गीतले यतिबेला दर्शकको मन जित्न सफल भैरहेको छ ।
प्रतिक पौडेलको शब्द तथा संगीत रहेको गीतमा गायिका जोशीसँगै युवागायक आर्जन पाण्डेको स्वर रहेको छ । गितको म्युजिक भिडियोमा गायिका जोशी तथा गायक पाण्डेले नै अभिनय गरेका छन् । भिडियोमा उनीहरुले प्रेमदेखि विवाहसम्म गरेका दृश्यलाई आकर्षकशैलीमा चित्रण गरिएको छ ।
उक्त म्युजिक भिडियोलाई प्रविण सिंहले निर्देशन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका छन् ।
भिडियो






