(जेष्ठ २६, काठमाडौं) । प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसले एउटै लदबाट सभामुख तथा उपसभामुख हुनु संविधान विपरित भएको भन्दै अपत्ती जनाएको छ ।
काँग्रेसले सभामुख वा उपसभामुख मध्ये एउटा पद तत्काल छाड्न नेपाल कम्युनिष्ट पार्टीसँग माग गरेको छ । कांग्रेस महामन्त्री शशांक कोइरालाले संविधानले प्रतिनिधिसभाको सभामुख र उपसभामुख दुवै पद एउटै पार्टीलाई दिन नमिल्ने व्यवस्था गरेको उल्लेख गर्दै एक पद तत्काल छोड्न माग गरेका छन् ।
तत्कालीन माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुख र तत्कालीन एमाले नेतृ डाक्टर शिवमाया तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएका थिए । सत्तारुढ नेकपाले भने सभामुख र उपसभामुखले दलीय साधारण सदस्यता समेत त्याग गरेकाले पद छाड्न नपर्ने तर्क गरेको छ । नेकपाका प्रमुख सचेतक देव गुरुङले निर्वाचनको क्रममा मात्र दलको विषय उठ्ने बताउँदै हाल उहाँहरु साधारण सदस्य समेत नरहेका कारण संविधानको मर्म विपरित नहुने बताएका छन् ।





