(जेठ २५, एजेन्सी) । चीनको दक्षिण क्षेत्रमा चीनमा ५४६ मिलियन वर्ष पहिले प्राणीले बनाएको पदचिह्न भेटिएको छ ।
कुन प्राणीले बनाएको हो भन्ने थाह छैन तर त्यो जीवावशेष दुई खुट्टा भएको जनावरको भएको र त्यो पदचिह्न खुट्टा भएको जनावरको सबैभन्दा पुरानो पदचिह्न भएको बीबीसीले उल्लेख गरेको छ ।
ढुंगामा भेटिएको त्यो पदचिह्न ५५१ देखि ५४१ मिलियन वर्ष पुरानो भएको अनुसन्धानमा संलग्न व्यक्तिहरुले जनाएका छन् ।





