(जेठ २४, एजेन्सी) । बलिउड चर्चित नायक रजनीकान्त अभिनित फिल्म ‘काला’ बिहीबार रिलिज भएसगै चेन्नईमा उनको क्रेजी फ्यानहरुले पोस्टरमा दूध चढाएका छन् ।
फिल्म ‘काला’ क्रेजी फ्यानहरुले रजनीकान्तका प्रशंसकले उनको पोस्टरमा दूध चढाएका थिए । साथै भक्ति र्याली साथै डान्स प्रस्तुति समेत गरेका थिए । चेन्नईमा बिहान ४ बजे नै पहिलो शो चलाइएको थियो ।
रजनीकान्तका ज्वाँई धनुषको प्रोडक्सनका बनेको यस चलचित्रमा रजनीकान्त डनको भूमिकामा देखिएका छन् । फिल्ममा रजनीकान्तका साथै नाना पाटेकर, पंकज त्रिपाठी, ईश्वरी राव, प्रकाश राज तथा हुमा कुरैशीको अभिनय रहेको छ ।





