(जेष्ठ २२, भक्तपुर) । नेपाल कम्युनिष्ट पार्टी भक्तपुर जिल्लाको मोर्चा संगठनको आयोजनामा आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान नै जीवनदान हो भन्ने मुख्य ध्येयका साथ नेकपा भक्तपुरले सुर्यबिनायकमा आयोजना गरेको उक्त कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । उक्त कार्यक्रममा विभिन्न नगरपालिकाका प्रमुख, नेता, कार्यकर्ता तथा सर्वसाधारणले उल्लेख्य रुपमा सहभागिता जनाउँदै रक्तदान गरेका छन् ।











