मानव अधिकारको लागि युवा : यौनिक तथा लैङ्गिक समावेशितामा जोड

(जेष्ठ २२, काठमाडौं) । राष्ट्रको उन्नति गर्नमा युवाहरुको मुख्य भुमिका रहेको हुन्छ । तसर्थ यो तथ्यलाई बिचार गर्दै के एण्ड के कलेजको बि.ए.एस.डब्लु प्रथम बर्षका बिधार्थीले २७ मे २०१८ मा “मानव अधिकारमा युवा” बिषयको सन्दर्भमा कार्यशाला सत्र आयोजना गरिएको थियो । सो सत्र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय, पर्यावरण विकासमा युवाहरु र मानव अधिकारमा युवाहरुको बिषयमा छलफल गरि समावेशि रुपमा सञ्चालन गरिएको थियो ।

मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायकोलागि पुनर्वास, शिक्षामा पहुच र मानव अधिकारको बारेमा जानकारी दिनुभयो । त्यस्तै हाम्रो समाजले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई हेर्ने दृष्टिकोण र व्यवहारमा परिवर्तन आउनु अत्यन्तै जरुरी छ भन्दै अन्य व्यक्ति सरह बाँच्न पाउने र पढ्न पाउने अधिकार यो समुदायलाई पनि छ भन्ने कुरामा प्रकाश पार्नुभयो । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधीत्व गर्दै उहाँले आफ्नो जिवनको बास्तविक कथा निकै प्रेरणादायक र रोचक ढंगमा प्रस्तुत गर्नुभयो ।

सो कथाले सत्रमा उपस्थित हुनुभएका बिधार्थीहरुलाई बिभिन्न मानव अधिकार, नितिहरुको लागि संघर्ष गर्न उत्प्रेरित गर्न सहयोग भएको साथै अझै विभिन्न कार्यक्रमद्वारा यी बिषयलाई अगाडि बढाउन पर्छ भन्ने सुझाव विद्यार्थीहरुले दिए ।

मितिनी नेपालका महासचिव सरिता के.सी ले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको बारेमा यौनिक अभिमुखिकरणको जानकारीका साथै स्थिती, संघर्ष र बाधाको बारेमा सत्र संचालन गर्नुभएको थियो ।

मानव अधिकारका लागि युवा नामक संस्थाका अध्यक्ष राहुल के.सि ले ठुलो अन्तरक्रियाका साथ मुल ३० मानव अधिकार, नेपालमा मानव अधिकारको गतिबिधिहरु कार्यन्वयन गर्ने स्थिती संगसंगै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको मानव अधिकारको बिषयमा र युवा क्रियाकलापको सम्बन्धमा सो सत्र प्रस्तुत गर्नुभयो ।

युवा आदिवासी अधिकारकर्मी अमित श्रेष्ठले युवाहरुले कसरी वातावरण संरक्षण गर्न कसरि सक्रिय प्रयास गर्न सक्छन् र दिगो बिकासका लक्ष्यहरु २०३० सम्म कसरि पुरा गर्न सकिन्छ भन्ने बिषयमा सो सत्र प्रस्तुत गर्नुभयो ।

उक्त कार्यशाला सत्र युवा विधार्थीको सक्रिय सहभागितामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय, मानव अधिकार र दिगो बिकासका लक्ष्यहरुको बिषयमा छलफल कार्य के एण्ड के कलेजको प्राङगणमा समापन गरियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । छठपर्व आज समापन गरिएको छ । शनिबारदेखि सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका