ट्रम्प र किमबीचको शिखरवार्ता सिंगापुरमा हुने

(जेठ २२, एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा हुने भएको छ ।

बहुप्रतिक्षित ट्रम्प–किम वार्तास्थलको सुरक्षा सिंगापुर प्रहरीमा रहेका गोर्खाली अर्थात नेपाली सुरक्षाकर्मीलाई जिम्मा दिइएको खबर  छ  ।

वार्ताका क्रममा ट्रम्प र किमका आफ्नै व्यक्ति सुरक्षा टोली पनि रहनेछ । उनीहरुको टोलीसँग सिंगापुर प्रहरीले सहकार्य गर्नेछ । जसमा सिंगापुर प्रहरीभित्र रहेको नेपाली टुकडी पनि समावेश हुनेछ ।

रोयटर्सले जतिसुकै आधुनिक हतियारसम्पन्न भए पनि गोर्खालीहरु बिना खुकुरी लड्नका लागि तयार नहुने जनाएको छ । इन्टरनेसनल इन्ष्टिच्यूट फर स्ट्राटेजिक स्टडिज(आईआईएसएस) का विज्ञका रुपमा रहेका टिम हक्स्ले भन्छन्, ‘सिंगापुरले उपलब्ध गराउन सक्ने जति सुरक्षा उपलब्ध गराउँदैछ ।’

हक्स्ले भन्छन्, ‘गोर्खालीहरु सधैँ मोर्चा अग्रपंक्तिमा रहेर काम गर्दछन् । उनीहरुलाई विशेष परिस्थितको सामना कसरी गर्नुपर्छ भन्ने कुरामा निकै पोख्त हुन्छन् ।’

सिंगापुर प्रहरीका प्रवक्ताले भने कति जना गोर्खालीलाई खटाइनेछ भन्ने प्रश्नमा प्रतिक्रिया दिएका छैनन् । आईआईएसएका अनुसार सिंगापुर प्रहरीको विभिन्न ६ वटा प्यारामिलिटरी कम्पनीमा १८ एक हजार ८ सय नेपाली कार्यरत भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, २३ असाेज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार