(जेठ २२, काठमाडौँ) । फिलिपिन्सको मनिलामा आयोजना हुने ‘मिसेस् युनिभर्स २०१८’ मा नेपालको प्रतिनिधित्व मनिषा डंगोल श्रेष्ठले गर्ने भएकी छन् ।
ई प्लानेट प्रा.लिले श्रेष्ठलाई राजधानीमा एक कार्यक्रमका गरि ‘मिसेस् नेपाल युनिभर्स २०१८’ को ताज पहिर्याउँदै ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने प्रतिनिधिको रुपमा सार्वजनिक गरेको हो ।
कार्यक्रममा पूर्व मिसेस् नेपाल दीपा शाही राणा, लिटिल मिस वल्र्ड युनिभर्स विशेषता बुढाथोकीले मनिषा शालाई मिसेस् नेपाल युनिभर्स २०१८ को ताज लगाइ दिएका थिए ।
सिटि अफ लन्डन कलेजबाट स्नातकोत्तरको अध्ययन पूरा गरेकी उनले प्रतियोगीतामा नेपालीको नाम उच्च राख्दै नेपाली कला–संस्कृति अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने कार्यक्रममा बताइन् ।
३० भन्दा बढी देशको प्रतिनिधित्व रहेन मिसेस् युनिभर्स २५ देखि ४५ वर्षसम्मका विवाहिता महिलाहरु सहभागी हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । प्रतियोगिता जिम्मेवार जीवनसाथी, महिला सशक्तिकरण तथा मानव अधिकार प्रति समर्पित रहेको आयोजकले जानकारी दिएका छन् ।






