बजेटको दलाल, माफिया, पुँजीवादीले विरोध, बजेट जनमुखी तथा सर्वमान्य : सांसद लामा

(जेष्ठ २०, काठमाडौं) । नेपाल कम्युनिष्ट पार्टीकी युवा नेतृ, अनेरास्ववियुकी अध्यक्ष तथा सांसद नविना लामाले दलाल, माफिया तथा पुँजीवादीहरुले बजेटको विरोध गरेता पनि वर्तमान सरकारले ल्याएको बजेट जनमुखी तथा सर्वमान्य रहेको बताएकी छिन् ।

आज संघिय संसदमा बजेटवारे आफ्नो धारणा राख्दै सांसद लामाले बजेटले युवा तथा विद्यार्थीलाई उर्जा बढाएको मात्र नभई बजेटले विगतको अर्थतन्त्रलाई समिक्षा गर्दै वर्तमान अर्थतन्त्रलाई सहि विश्लेषण गरी भावि कार्यनीतिका साथ अघि वढी देशलाई समृद्ध नेपाल सुखी नेपाली बनाउने संकल्प गरेको बताएकी छिन् ।

सांसद लामाले सरकारले ल्याएको बजेट इतिहासको सबभन्दा महत्वपूर्ण दस्तावेजको रुपमा रहेको बताउँदै जनताको वलिदानको रगतबाट प्राप्त संविधान अनुसारको यो बजेट रहेकोले विरोधको मानसिकता त्यागी देश विकासमा लाग्न प्रतिपक्षलाई आग्रह गरेकी छिन् ।

विभिन्न समस्याहरुका वाबजुत अध्ययन गरि प्राप्त गरेको शैक्षिक प्रमाणपत्रलाई सहि ठाउँमा सदुपयोग गर्न नपाएर डिपेशनको अवस्थामा पुगेका आम युवा तथा विद्यार्थीलाई एउटा मार्गनिर्देशको रुपमा आएको बताउँदै सांसद लामाले बजेटले आमुल परिवर्तनको अठोत वोकेको उल्लेख गरेकी छिन् ।

सांसद लामाले भनिन् ‘वर्तमान सरकारले शिक्षामा आमुल परिवर्तन गरेको छ, गणित, अग्रेजी तथा विज्ञान जस्ता विषयलाई अनिवार्य वनाउने निर्णय स्वागतयोग्य भएकोले समृद्ध नेपाल निमार्णको मुख्य अठोतका साथ शिक्षा, स्वास्थ्य, कृषि, यातायात, रेलमार्ग, पर्यटन, जलमार्ग, हवाई मार्गको नाममा धेरै बजेटको ग्यारेन्टि गर्दै सरकारको विकासको अवधारणा प्रस्तुत गरेको छ । जसवाट समाजवादको मार्ग निर्देश भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक एकता, समानता र सद्भाव सुदृढ बनाउन महत्वपूर्ण भूमिका

काठमाडौँ, १० कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले सडक प्रदर्शन मात्र सबै समस्याको समाधान नभएको धारणा राखेकी छिन् । छठ पर्वको अवसरमा

काठमाडौँ, १० कार्तिक । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई जतिसक्दो चाँडो शान्ति र स्थायित्वमा रूपान्तरण गर्नुपर्ने

काठमाडौँ, १० कार्तिक । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर शक्तिहरू बिच आपसी सम्मान, सामाजिक सद्भाव