चाम्स निर्देशित फिल्म ‘लिलिबिली’ ५१ औं दिनमा

(जेठ २०, काठमाडौँ)।  मिलन चाम्स निर्देशित   फिल्म ‘लिलिबिली’ ले आज जेठ २० गतेबाट प्रदर्शनको ५१ औं दिनमा टेकेको हो ।

सो फिल्म चैत ३० गतेबाट प्रदर्शनमा आएको थियो । उक्त कार्यक्रममा ‘लिलिबिली’ ले ५१ औं दिन मनाएको खुसीयालीमा केक काटिनेछ ।

फिल्मले गोपीकृष्ण, गुण, अष्टनारायण र बाराहीसहित चार हलमा प्रदर्शनको ५१ औं दिन मनाएको हो । फिल्मले प्रदर्शनको दुई दिनमा २ करोड ग्रस कलेक्सन गरेको छ ।

प्रदीपको क्रेजका कारण ‘लिलिबिली’ ले बक्सअफिसमा आफूलाई हिट प्रमाणित गरेको छ । उनले फेरि एकपटक आफ्नो स्टारडम प्रमाणित गरेका छन् ।   उक्त फिल्ममा  जसिता गुरुङ, प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असार । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक

काठमाडौँ, ३० असार । लामो समयदेखि बन्द भई पटक-पटक सञ्चालन गर्ने भनिएको तर सञ्चालन गर्न चासो नदिइएको हेटौंडा कपडा उद्योग

काठमाडौँ, ३० असार । काठमाडौँ उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न ६४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँबाट ५२

काठमाडौँ, ३० असार । पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ