चाम्स निर्देशित फिल्म ‘लिलिबिली’ ५१ औं दिनमा

(जेठ २०, काठमाडौँ)।  मिलन चाम्स निर्देशित   फिल्म ‘लिलिबिली’ ले आज जेठ २० गतेबाट प्रदर्शनको ५१ औं दिनमा टेकेको हो ।

सो फिल्म चैत ३० गतेबाट प्रदर्शनमा आएको थियो । उक्त कार्यक्रममा ‘लिलिबिली’ ले ५१ औं दिन मनाएको खुसीयालीमा केक काटिनेछ ।

फिल्मले गोपीकृष्ण, गुण, अष्टनारायण र बाराहीसहित चार हलमा प्रदर्शनको ५१ औं दिन मनाएको हो । फिल्मले प्रदर्शनको दुई दिनमा २ करोड ग्रस कलेक्सन गरेको छ ।

प्रदीपको क्रेजका कारण ‘लिलिबिली’ ले बक्सअफिसमा आफूलाई हिट प्रमाणित गरेको छ । उनले फेरि एकपटक आफ्नो स्टारडम प्रमाणित गरेका छन् ।   उक्त फिल्ममा  जसिता गुरुङ, प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । छठपर्व आज समापन गरिएको छ । शनिबारदेखि सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका