सुन्दरादेबी अवार्ड : गोलेको ‘हाम्रो नेपाल राम्रो नेपाल’ गीत टप पाँचमा पर्न सफल

(जेष्ठ १९, काठमाडौं) । नेपाली कला र गलाकी धनी, गायन क्षेत्रकी एक अब्बल गायिका देशु गोलेको हाम्रो नेपाल राम्रो नेपाल भन्ने गीत चौथो सुन्दरादेवी सन्देश म्युजिक अवार्डको टप पाँचमा पर्न सफल भएको छ ।

कोमल स्वर, राष्ट्रिय भावले ओतप्रोत स्वरमा सजिएको उक्त गीतमा स्वर देशु गोले तथा सुरेस लामाको रहेको छ । शब्द दिग्गज धौरालीको रहेको छ भने संगित अर्जुन पोखरेलको रहेको छ । सगरमाथाको देश नेपाल जसले विश्वलाई नेपाल भनि चिनाएको छ, त्यस्तै संगित क्षेत्रमा गोलेले पनि आफ्नो सान र पहिचानलाई आत्मासाथ गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा आफ्नो कला वा सुमधुर स्वरलाई सजाइसकेकी छिन् ।

आगामी २६ जेठमा काभ्रको बनेपामा हुने अवार्ड विभिन्न ३८ विधामा प्रदान गरिने यो अवार्डको लोक, आधुनिक, तामाङ सेलो, पपसहित गीत, सङ्गीत, शब्द, म्युजिक भिडियोलगायतमा उत्कृष्ट पाँचको मनोनयन केही दिन अघि सार्वजनिक गरिएको थियो । ‘नेपाली गीत सङ्गीत हाम्रो पहिचान, सञ्चार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान’ भन्ने मूल नाराको साथ मोफसलको नुवाकोटबाट प्रकाशित हुने सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनमा हुने यो राष्ट्रिय अवार्डको व्यवस्थापन नाटेश्वर कला केन्द्र तथा इभेन्ट म्यानेजमेन्ट प्रा.लिले गर्ने भएको छ ।

गोलेको ‘हाम्रो नेपाल राम्रो नेपाल’ बोलको राष्ट्रिय गीत top five मा पर्दै  nominateहुन सफल भएको छ। उक्त गीतमा vote गर्न  104 type गरि  38687 मा message पठाउनु सक्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, २३ असाेज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार