काठमाडौँ, २६ जेठ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ सक्रिय हुन आग्रह गर्नुभएको छ ।
उपाध्यक्ष रामबहादुर थापा “बादल” नेतृत्वको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै अध्यक्ष ओलीले पार्टी संगठन सुदृढीकरण, निर्वाचन समीक्षा तथा आगामी कार्यदिशाबारे आफ्नो धारणा राख्नुभएको हो ।
उहाँले पार्टीलाई अझ संगठित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ सक्रिय हुन अपिल गर्नुभएको छ । बैठकमा निर्वाचन समीक्षा, संगठन पुनर्गठन तथा भावी कार्यदिशाबारे विस्तृत छलफल भइरहेको कार्यदलका सदस्य तथा एमाले सचिव महेश बस्नेतले जानकारी दिनुभएको छ।





