सत्तागठबन्धनको बैठक : बागी उम्मेदवारी फिर्ता नभए कारबाहीको चेतावनी

काठमाडौँ, १६ बैशाख । सत्तागठबन्धन बैठकले विभिन्न स्थानीय तहमा आधिकारिक उम्मेदवारविरूद्ध उठेका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएको छ ।

बिहीबार बालुवाटारमा बसेको सत्तागठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले शुक्रबार अपरान्ह ५ बजेभित्र बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हो । मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालय पुगेर निर्वाचन आयोगले दिएको समयभित्रै उम्मेदवारी फिर्ता नलिने बागी उम्मेदवारलाई कारबाही गर्ने सत्तागठबन्धनको तयारी छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको सत्तागठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले बागी उम्मेदवारलाई कारबाहीको चेतावनी दिएको छ ।

कहाँ-कहाँ बागी उम्मेदवारी परेको छ र आज अपरान्ह ५ बजेभित्र फिर्ता भए वा भएनन् भन्ने बुझेर कारबाहीका लागि शीर्ष नेताहरू तथा सम्बन्धित पार्टीलाई सिफारिस गर्ने समितिको तयारी छ । चितवनलगायत विभिन्न जिल्लामा गठबन्धनका उम्मेदवारविरूद्ध बागी उम्मेदवारी परेका छन् । सत्तागठबन्धनका शीर्ष नेताहरूले पनि बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरिरहेका छन् । वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आजसम्म उम्मेदवारी फिर्ता लिन चाहनेलाई समय छ । आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ वैशाख । काठमाडौँको शङ्खमूलमा आगलागी भएको छ । प्रहरीका अनुसार दोभान पुल नजिक गाडीको वर्कसप र त्यस वरपरका पसलहरुमा

काठमाडौँ, १६ वैशाख । नवलपरासीमा भारतीय ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्

काठमाडौँ, १६ वैशाख । आज  बिहान १० बजे आईक्यू एयरको काठमाडौँको हावाको गुणस्तर १७४ देखाएको छ । प्रदूषणका हिसाबमा काठमाडौँ विश्वकै सबैभन्दा

डडेल्धुरा, १६ वैशाख । डडेल्धुरामा आगोमा परेर एकजनाको मृत्यु भएको छ ।  नवदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको