सर्वदलीय बैठकले गर्यो तीन वटा महत्वपूर्ण निर्णयहरु (सूचीसहित)

काठमाडौँ, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठकले तीन वटा महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस, एमाले, जनता समाजवादी पार्टी (जसपा), नेमकिपालगायतका दलका नेताहरुको सहभागिता रहेको थियो । जसमा माओवादी केन्द्रको तर्फबाट भने सहभागिता रहेको थिएन ।

सर्वदलीय बैठकले निकालेका निष्कर्षहरु

१. सभामुखले सरकारको प्रस्ताव स्वेच्छाचारी ढंगले रोक्न मिल्दैन । दुई बर्षदेखि सभामुखले एमसीसी रोकेर राख्नुभएको छ । बैशाख ७ गते अगाडि नै कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर प्रस्ताव सदनमा ल्याउन भनिनेछ । निर्णय जे गर्ने हो, सदनले गर्छ ।

२. स्थानीय तह, प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाको उपनिर्वाचन संविधान र कानुनबमोजिम छिट्टै गर्नुपर्छ ।

३. कोभिड ( १९ महामारीको दोस्रो चरणको संक्रमण नियन्त्रण गर्न सरकारले बढी ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ वैशाख । कप्तान रोहितकुमार पौडेलको अर्धशतकका बाबजुद ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

काठमाडौँ, १६ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज वेस्ट इन्डिजको ‘ए’ टोलीसँग  मैत्रीपूर्ण टी–२० प्रतियोगिताको दोस्रो खेल खेल्दै छ

काठमाडौँ, १५ वैशाख । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । २

काठमाडौँ, १५ वैशाख । वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । उनले २८ बलमा