पर्वतका पाँच जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ४ असार । पर्वतका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा कुस्मा नगरपालिकाका र फलेबास नगरपालिका दुई–दुई जना तथा मोदी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो ।

भरतपुर प्रयोगशाला स्रोतका अनुसार कुस्मा नगरपालिका–१२ का ४२ वर्षीय पुरुष, कुस्मा नगरपालिका १३ का २० वर्षीया महिला, फलेबास नगरपालिका २ का ३७ र ३० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पर्वतकै मोदी गाउँपालिका ६ का ३८ वर्षीय एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको प्रयोगशाला स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर

काठमाडौँ, १६ वैशाख । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताएका छन् । आजदेखि सुरु भएको

काठमाडौँ, १६ वैशाख । काठमाडौँ महानगरपालिकाले देशभरका जुनसुकै पालिकाका अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्ने भएको छ । यसका

काठमाडौँ, १६ वैशाख । चीनले नेपालीसँग भिसा शुल्क नलिने भएको छ । सन् २०२४ मे १ (वैशाख १९)देखि चीन जानको