बीपी राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौँ, १३ असोज । बाढी र पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छन । नेपाल प्रहरीका अनुसार पहिरो पन्छाएपछि राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो । 

त्यस्तै गण्डकी प्रदेशमा पनि पहिरोका कारण सडक सञ्जाल अस्तव्यस्त बनेको छ। मनाङको चामे-बेशिसहर, बागलुङको कालिगण्डकी करिडोर, म्याग्दीको बेनी–जोमसोम र बेनी–दरबाङ सडक खण्ड पूर्ण रूपमा बन्द छन्।

यता मुस्ताङको जोमसोम–कोरला, पर्वतको मालढुङ्गा–बेनी, नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, लमजुङको मध्य पहाडी लोकमार्ग र तनहुँको पृथ्वीराजमार्ग (घाँसीकुवा) मा पनि पहिरोले गर्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ ।

यसैगरी लुम्बिनी प्रदेशको गुल्मीस्थित कालिगण्डकी करिडोर तथा कर्णाली प्रदेशको कालिकोटस्थित कर्णाली राजमार्ग (गगने खोला) र मुगुको नाग्म–गमगढी सडक खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र