पृथ्वी राजमार्गको वैकल्पिक सडकमा सवारी चलाउन रोक

काठमाडौँ, २३ भदौ । धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ फुर्केखोलामा रहेको पक्की पुल बाढीले बगाएपछि प्रयोग हुँदै आएको वैकल्पिक सडक पनि मर्मतका लागि बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले सोमबार सूचना जारी गर्दै परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टर सडक मर्मतसम्भारका लागि बन्द गर्न लागिएको जनाएको हो ।

प्रशासनका अनुसार आज बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ। सो अवधिमा उक्त मार्ग हुँदै सञ्चालन हुने सम्पूर्ण सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।

पृथ्वी राजमार्गमा बाढीका कारण पक्की पुल बगाएपछि वैकल्पिक मार्गका रूपमा उक्त सडक प्रयोग हुँदै आएको थियो । प्रशासनले सो अवधिमा धादिङबेँसी–सुनौलो बजार–भोर्ले-कोसीखोला–फोस्रेटार–कल्लेरीटार लगायतका वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्नसमेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र