काठमाडौँ, २२ भदौ । रसुवाको भोटेकोसी नदीमा आएको अकल्पनीय र विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्मानमा आज देशभर राष्ट्रिय शोक मनाइँदैछ ।
बाढीको १३ औं दिन सरकारले मृतकहरूप्रति उच्च सम्मान प्रकट गर्दै शोक मनाएको हो । भदौ १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार आज देशभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावासहरू र कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।






