सामाजिक सद्भावमा खलल पुर्‍याउने एक जना पक्राउ 

काठमाडौँ, २२ भदौ । काठमाडौँका सार्वजनिक स्थानहरूमा मधेसवासी समुदाय लक्षित अभिव्यक्ति लेखि सामाजिक सद्भावमा खलल पुर्‍याउने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सार्वजनिक स्थलमा द्वन्द्व भड्काउने शब्दहरू लेख्ने व्यक्तिलाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले भदौ २० गते खोटाङको बाक्सिला घर भई हाल काठमाडौँको शङ्खमूल बस्ने ३५ वर्षीय विशाल गुरुङलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले शङ्खमूलबाट पक्राउ परेका गुरुङलाई सार्वजनिक शान्ति खलल पार्न नहुने सम्बन्धी कसुरमा प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर