फेवातालमा भारतीय गाडी खस्यो, २ जनाको मृत्यु

पोखरा, १९ भदौ । पोखराको फेवातालमा भारतीय नम्बर प्लेटको गाडी खस्दा २ जनाको मृत्यु भएको छ ।

अरु २ जनाको जीवितै उद्धार गरिएको छ । बिहान करिब ५ बजेट गैराको चौतारा नजिकको घुम्तीमा लेकसाइडतर्फ आउँदै गरेको बिआर ०५ बिबि ६७५९ नम्बरको कार अनियन्त्रित भई तालमा खसेको हो । 

दुर्घटनामा भारतको बिहार प्रदेशका २६ वर्षीय नवदीप कुमार यादव अर्का अन्दाजी ४० वर्षका पुरुषको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । उनको नाम र ठेगाना भने खुल्न सकेको छैन । 

२७ वर्षका अनमोल कुमार यादव र ३३ वर्षका सुरज यादव चाहिँ खतरामुक्त छन् । उनीहरू पनि भारतको रक्सौलका हुन् । दुवै जनाको गण्डकी मेडिकल कलेज कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र