नेपाल स्काउटका सबै तहका समितिहरू विघटन

काठमाडौँ, ९ साउन । नेपाल स्काउटका देशभर रहेका सबै तहका परिषद् तथा कार्यकारी समितिहरू विघटन गरिएको छ । 

नेपाल स्काउटका संरक्षक एवं प्रधानमन्त्री बालेन शाहको निर्देशन तथा प्रमुख स्काउट एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पाेखरेलकाे निर्णयअनुसार यी समितिहरू खारेज गरिएको हो । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले  एक सूचना जारी गर्दै मिति २०८३ साल श्रावण ५ गतेको निर्णयअनुसार राष्ट्रिय परिषद्, प्रदेश परिषद् र स्थानीय परिषद्का साथै सबै तहका कार्यकारी समितिहरू विघटन गरिएको जानकारी दिएको छ ।

सूचनामा भनिएको छ, ‘नेपाल स्काउटका संरक्षक सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन तथा मिति २०८३ साल श्रावण ५ गतेको नेपाल स्काउटका प्रमुख स्काउट माननीय शिक्षा तथा खेलकूद मन्त्रीज्यूको निर्णयअनुसार नेपाल स्काउटका राष्ट्रिय परिषद्, प्रदेश परिषद्, स्थानीय परिषद् तथा सम्पूर्ण कार्यकारी समितिहरू विघटन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा

बागलुङ,२ भदाै । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटन प्रवर्द्धन र स्थानीय

काठमाडौँ, २ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले देशको ऊर्जा प्रणालीमा देखिएका समस्या समाधान र वितरण प्रणालीको सुदृढीकरण

काठमाडौँ, २ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी स्थापनाकालदेखि निरन्तर खटिरहेका व्यक्तिले स्थानीय तहको चुनावमा उम्मेदवार हुने