एजेन्सी, २ साउन । अमेरिका र इरानबीच ड्रोन तथा मिसाइल आक्रमण जारी छ ।
तेहरानले खाडी क्षेत्रभरि अमेरिकी सम्पत्तिहरूलाई लक्षित गरेको घोषणा गरेको छ । यो दुई देशबीचको युद्धविराम भङ्ग भई युद्धमा फर्किएपछि भएको सबैभन्दा ठुलो तनाव हो ।
दुई पक्षबिच द्वन्द्व अन्त्य गर्न समझदारी भएको एक महिनापछि अमेरिकी सेनाले इरानी विमानस्थल, रेलवे स्टेसन र दुई वटा पुलसहित नागरिक पूर्वाधारमा आक्रमण गरेको आरोप इरानले लगाएको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार आक्रमणबाट क्ष्रानतर्फ कम्तीमा आठ जनाको मृत्यु भएको र २० जना घाइते भएका छन् ।
यो घटनाले इरानी पूर्वाधारमा केन्द्रित अमेरिकी आक्रमणको विस्तारको सङ्केत गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणबारे पहिले नै चेतावनी दिइसक्नुभएको थियो । पछिल्लो आक्रमणबारे अमेरिकी अधिकारीहरूबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।
यो युद्ध फेब्रुअरी २८ मा अमेरिका–इजरायलको व्यापक संयुक्त आक्रमणबाट सुरु भएको थियो। इरानले जवाफमा हर्मुज जलडमरूमध्यलाई प्रभावकारी रूपमा बन्द गरेको थियो र इजरायल तथा खाडी क्षेत्रमा अमेरिकी हितमा आक्रमण गरेको थियो ।






