पाँच विदेशी महिला ठमेलबाट पक्राउ

काठमाडौँ, १८ असार । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लील क्रियाकलापमा लाग्ने पाँच विदेशी महिलालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले ठमेल क्षेत्रबाट अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पाँच जना विदेशी महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चार युगान्डा र एक इण्डोनेसियाका रहेका छन् । काठमाडौँ महानगरपालिका–२६ ठमेलस्थित सडकमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पुरुष पर्यटकलाई अनावश्यक रूपमा बाटो छेकेर अश्लील क्रियाकलापका लागि मोलमोलाई गरी हैरानी दिइरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कार्यक्षेत्रमा खटिएका प्रहरी टोलीले पक्राउ परेका उनीहरुलाई सम्झाइबुझाइ गर्ने क्रममा प्रहरीमाथि नै अभद्र व्यवहार गरेका थिए । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २९ असार । इरानले नयाँ आक्रमणहरूका बिच स्ट्रेट अफ होर्मुज बन्द भएको घोषणा गरे पनि अमेरिकाले भने उक्त जलमार्ग खुला नै

एजेन्सी, २८ असार । अमेरिका र इरानबिच सैन्य आक्रमण भइरहेका बेला आइतबार ओमानमा पनि ड्रोन आक्रमण भएको समाचार सार्वजनिक भएको छ

दोहा, २८ असार । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख तामिम बिन हमद अल थानीका पिता शेख खलिफा

एजेन्सी, २८ असार । इरानले होर्मुज जलमार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरेको घोषणा गरेको छ । यो घोषणापछि अमेरिकाले इरानमाथि