‘मन विनाको धन–२’मा विपीन कार्की

काठमाडौँ, १८ असार । चलचित्र ‘मन विनाको धन–२’मा अभिनेता विपीन कार्की प्रवेश गरेका छन् ।

टंक बुढाथोकीको कथा तथा निर्देशन रहने चलचित्रमा विपीन अनुबन्ध भएका हुन् । यो चलचित्रमा नायिकातर्फ यसअघि नै पूजा शर्मा भित्रिसकेकी छन् । यी दुई कलाकारले पहिलोपटक सहकार्य गर्न लागेका हुन् । 

टंक बुढाथोकी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा टंक वुढाथोकीको कथा तथा निर्देशन, शिवम् अधिकारीको लेखन छ ।

विपीन र पूजासँगै महेश त्रिपाठी, सरोज खनाल र किरण केसी फाइनल भइसकेका छन् । ‘मन विनाको धन–२’लाई सामाजिक कथावस्तुमा निर्माण गर्न लागिएको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, २ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था गरिब, निमुखा र आवाजविहीनहरूको हितका लागि भएको

काठमाडौँ, २ साउन । ‘आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस’ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौँबाट

काठमाडौँ, २ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको

काठमाडौँ, १ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाएका छन् ।