रुसका सैन्य केन्द्रमा युक्रेनी हमला

एजेन्सी, २८ जेठ । युक्रेनले रुसको सैन्य तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै बुधबार गहिराइसम्म पुग्ने लामो दूरीका आक्रमणहरू गरेको छ ।

युक्रेनी नेतृत्वले यी कारबाहीलाई युद्धको मूल्य रुसका लागि अझ महँगो बनाउने रणनीतिक प्रयासका रूपमा व्याख्या गरेको छ ।

राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका अनुसार युक्रेनी सेनाले रुसभित्र रहेका सैन्य उद्योग र ऊर्जा संरचनामाथि आक्रमण गरेको छ । उनले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार एफपी–५ फ्लेमिङ्गो लामो दूरीको क्षेप्यास्त्रले अग्रपङ्क्तिबाट करिब ९०० किलोमिटर टाढा चुभासिया क्षेत्रको चेबोक्सरीस्थित एक सैन्य कारखानालाई निशाना बनाएको थियो ।

उक्त कारखानाले रुसी ड्रोन र क्षेप्यास्त्रका लागि आवश्यक उपकरण उत्पादन गर्ने गरेको बताइएको छ । रुसको रक्षा मन्त्रालयले भने रातभरिमा ३२६ वटा युक्रेनी ड्रोन खसालिएको दाबी गरेको छ । चुभासिया क्षेत्रका प्रमुख ओलेग निकोलायेभले क्षेप्यास्त्र आक्रमण भएको पुष्टि गरेका छन्, तर विस्तृत क्षतिको विवरण सार्वजनिक गरेका छैनन् । रुसी स्वतन्त्र समाचार संस्था एस्ट्राले ड्रोनका लागि एन्टेना उत्पादन गर्ने भिएनआइआइआर–प्रोग्रेस कारखानामा आक्रमण भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असार । नेकपा (एमाले)ले राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति  दुःख व्यक्त गरेको

काठमाडौँ, २६ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले स्पष्ट नीति, योजना र दृष्टिकोण प्रस्तुत गर्न

काठमाडौँ, २६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन्

काठमाडौँ, २६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून