सप्तरीमा आगलागी हुँदा १२ घर नष्ट

काठमाडौँ, २६ जेठ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–५ मा मंगलबार भएको आगलागीबाट १२ वटा घर नष्ट भएका छन् ।

प्रहरीका अनुसार  स्थानीय बुचु खंगको घरमा अचानक आगो लागेपछि उनीसहित पाँच परिवारका ती घर जलेर नष्ट भएको हो । आगलागीमा सगन खंग, दुखाई खंग, लखन खंग र नारायण खंगको घर जलेको स्थानीय मनोज मेहताले जानकारी दिए ।

आगलागीको कारण खुलेको छैन भने यसबाट करिब २५ लाखको क्षति भएको उनले बताए । स्थानीय तथा प्रहरीले आगो नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ समक्ष विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी

भक्तपुर, २६ जेष्ठ । “हाम्रो रहर सफा र स्वच्छ शहर”- यही मूल नाराका साथ चाँगुनारायण नगरपालिका वडा नं. २ को

काठमाडौँ, २६ जेठ । सरकारले समस्याग्रस्त सहकारीका थप २ सय १६ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी

काठमाडौँ, २६ जेठ । चालु आर्थिक वर्ष वैशाखसम्म विदेशी विनियमय सञ्चिति हालसम्मकै धेरै भएको छ । यस अवधिसम्म मुलुकको विदेशी विनिमय