बाढी-पहिरोले मुलुकका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ, २६ जेठ । बाढी, पहिरो र सडक मर्मतका कारण मुलुकका विभिन्न प्रमुख राजमार्गहरूमा यातायात आवागमन प्रभावित भएको छ ।

आज बिहान साढे ६ बजेसम्मको विवरण अनुसार काठमाडौँ उपत्यकासहित कोशी र बागमती प्रदेशका कतिपय सडक खण्डहरू पूर्ण रूपमा बन्द भएका छन् ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ देउराली देवीस्थानमा पहिरो खसेका कारण सतुङ्गल–चित्लाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मर्मत कार्य गर्नुपर्ने भएकाले यो सडक एक महिनाका लागि बन्द गरिएको छ।

यसैगरी, बागमती प्रदेशको मकवानपुरस्थित इन्द्रसरोवर गाउँपालिकाका विभिन्न स्थानमा सडक मर्मत जारी रहेकाले कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौँ सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ। यो खण्ड पनि मर्मतका लागि एक महिना बन्द रहने जानकारी दिइएको छ। काभ्रेपलाञ्चोकमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै वीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

कोशी प्रदेशमा मध्य पहाडी लोकमार्गका दुई ठाउँमा अवरोध देखिएको छ। पाँचथरको याङवरक गाउँपालिका–२ दोभानमा बाढीका कारण मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

यस्तै, भोजपुरको भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण सडक अवरुद्ध भए पनि वैकल्पिक बाटोमार्फत यातायात एकतर्फी रूपमा सुचारु गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३