वनकर्मीमाथि आक्रमण गर्ने आरोपी पक्राउ

काठमाडौँ, २४ जेठ । रौतहटमा वन संरक्षणका लागि गस्तीमा खटिएको टोलीमाथि आक्रमण गर्ने गुजरा नगरपालिका २ मैढा गाउँ बस्ने वर्ष २६ का राजकिशोर साहलाई प्रहरी टोलीले वीरगन्जबाट पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र प्रहरी चौकी वीरगन्ज बिर्ताको संयुक्त टोलीले लुकिछिपी बसेको अवस्थामा शनिवार साँझ आरोपी राजकिशोरलाई वीरगन्जबाट पक्राउ गरेको हो।

हाल उनी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा रहेका छन् । सहायक वन अधिकृत राजकुमार चौधरीको जाहेरीको आधारमा प्रतिवादी राजकिशोर साह लगायतमाथि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा ज्यान मार्ने उद्योग मुद्दा दायर भई जिल्ला अदालत रौतहटबाट पक्राउ आदेश जारी भएको थियो । काठ चोरी भइरहेको सूचनाका आधारमा जङ्गल क्षेत्रमा पुगेको डिभिजन वन कार्यालय र रङ्गपुर साझेदारी वन उपभोक्ता समितिको संयुक्त टोलीमाथि गत १९ गते राती साढे १२ बजे राजकिशोर लगायतको समूहले आक्रमण गरेको हो ।

आक्रमणमा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार चौधरी, वन रक्षक सुरेन्द्र चौधरी, रङ्गपुर साझेदारी वन उपभोक्ता समितिका सदस्य अर्जुन चौधरी र विमल थापा तथा गस्ती गाडीका चालक अरविन्द पटेलसमेत घाइते भएका थिए ।

वन क्षेत्रमा काठ चोरी भइरहेको सूचनापछि टोली गस्तीमा गएको थियो। तर जङ्गलभित्र पुगेपछि उक्त समूहले सङ्गठित रूपमा उनीहरूमाथि आक्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३