हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ

एजेन्सी, २३ जेठ । संयुक्त राष्ट्रसङ्घको आप्रवासनमामिला हेर्ने निकाय (आइओएम) ले विभिन्न ठूला तथा साना गिरोहहरूको द्वन्द्वले ध्वस्त भएको हाइटीमा १४ लाख ७० हजार मानिस विस्थापित भएको बताएको छ ।

राष्ट्रसङ्घीय आप्रवासन निकायका अनुसार आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको सङ्ख्या हाइटीका जनसङ्ख्याको १२ प्रतिशत छ ।

एक करोड २९ लाख जनसङ्ख्या भएको दक्षिण अमेरिकाको सबैभन्दा गरिब देश हाइटी वर्षौंदेखि अस्थिरताबाट ग्रस्त छ । शक्तिशाली सशस्त्र गिरोहहरूको स्वार्थको लडाइँका कारण हाइटीमा हत्या, बलात्कार, लुटपाट र अपहरणजस्ता जघन्य अपराधका घटनाहरू बढिरहेका छन् ।

आइओएमले यसको अद्यावधिक गणनाले क्यारेबियन देशमा बढ्दो मानवीय सङ्कटलाई प्रतिबिम्बित गरेको बताएको छ।

आइओएमले सशस्त्र आक्रमणहरू अब निश्चित प्रभाव क्षेत्रमा मात्र सीमित नरहेको र अब ती क्षेत्रहरूलाई बढ्दो रूपमा प्रभावित गरिरहेको बताएको छ । पहिले शरणको लागि प्रयोग गरिएका स्थानमा द्वन्द्व हुँदा यसले जोखिममा रहेका मानिसहरूलाई थप समस्यातर्फ धकेलेको छ ।

हाइटीका लागि आइओएमका मिसन प्रमुख ग्रेगोइर गुडस्टेनले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने, “देशमा करिब १४ लाख ७० हजार मानिस विस्थापित भएका छन् ।” उनले भने, “हिंसा अहिले नियन्त्रण गरिएको छैन, यो अझ विस्तार भइरहेको छ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल

काठमाडौँ, २ भदौ । बैंकको कर्मचारी भन्दै ग्राहकको नो योर कस्टमर (केवाईसी) अद्यावधिक गर्ने बहानामा ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले

काठमाडौँ, २ भदौ । काठमाडौँको टोखामा भएको लुटपाटमामा संलग्न देखिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सहायक हवलदार कृष्ण बहादुर शाहीलाई