ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ, २२ जेठ । रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख २० हजार ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी  रोजगारीका लागि फ्रान्स, जर्जिया, माल्टालगायत देश पठाउने बहानामा लामो समयसम्म झुक्याएर राखी विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा सिन्धुपाल्चोकको साँगाचोकगढी गाउँपालिका–२ की २६ वर्षीया निमा तामाङ तथा महोत्तरीको बर्दिबास नगरपालिका–६ का २४ वर्षीय विवेक साहलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये तामाङले फ्रान्स पठाउने भन्दै रु २२ लाख ८५ हजार र साहले जर्जिया र माल्टा पठाउने भन्दै रु ६ लाख ३५ हजार लिएर सम्पर्कविहीन भएका छन् । दुवै जनालाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल

काठमाडौँ, २ भदौ । बैंकको कर्मचारी भन्दै ग्राहकको नो योर कस्टमर (केवाईसी) अद्यावधिक गर्ने बहानामा ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले

काठमाडौँ, २ भदौ । काठमाडौँको टोखामा भएको लुटपाटमामा संलग्न देखिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सहायक हवलदार कृष्ण बहादुर शाहीलाई