दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, २० जेठ । प्रहरीले शङ्कास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई नक्सालबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ३३ वर्षीय वाङ वेन्ड तथा ३२ वर्षीय चेन शुआन्गुईलाई पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका–१ नक्साल नारायणचौर क्षेत्रमा चिनियाँ नागरिक ‘भिजिट भिषा’मा नेपाल आई भिषाको उद्देश्य विपरीत शङ्कास्पद गतिविधि गर्ने गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुले नक्साल नारायणचौरमा रहेको आरआर बिल्डिङ एन्ट्रो टेक्नोलोजी नामक कार्यालय खोली अवैध रुपमा विदेशी मोडल तथा युवतीको लाइभ हब एपमार्फत अकाउन्ट खोली विदेशी र भारतीय नागरिकलाई साथी बनाई कुराकानी गरी पैसा माग्ने तथा शङ्कास्पद गतिविधि गर्ने गरेको प्रहरीले जनाएको छ । निजहरुलाई नक्सालबाट पक्राउ गरी अध्यागमन ऐनअन्तर्गतको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थान, पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३