इरानसँग युद्धविराम र होर्मुज सम्झौता आगामी हप्ताभित्र हुन सक्ने ट्रम्पको भनाइ

एजेन्सी, १९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिम एसियामा जारी संकट समाधानतर्फ सकारात्मक प्रगति हुने अपेक्षा गरेका छन् । 

उनले युद्धविरामलाई दीर्घकालीन बनाउने तथा रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलमार्गबाट जहाजहरूको आवतजावत पुनः सुचारु गर्ने उद्देश्यका साथ इरानसँग आगामी हप्ताभित्र सम्झौता हुनसक्ने बताएका छन् ।

एबीसी न्यूजसँग ट्रम्पले उक्त महत्वपूर्ण समुद्री मार्ग खुलाउने उद्देश्यले तयार पारिएको समझदारीपत्रमा आफूले अझै अन्तिम स्वीकृति नदिएको स्पष्ट पारे । उनले भने, “मैले अझै केही विषयहरू टुंग्याउन बाँकी छ ।”

सोमबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत थप जानकारी दिँदै उनले लेखेका छन्, “इरानसँगको वार्ता तीव्र गतिमा अगाडि बढिरहेको छ ।”
यद्यपि, पछिल्ला सैन्य मुठभेडहरूले युद्धविराम भंग हुनसक्ने तथा जारी कूटनीतिक प्रयासहरू अवरुद्ध हुन सक्ने चिन्ता बढाएको बताइएको छ ।

यस तनावको क्षेत्रीय प्रभावलाई नियन्त्रणमा राख्ने प्रयासस्वरूप ट्रम्पले सोमबारको सोही पोस्टमार्फत आफूले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू तथा हिजबुल्लाहका प्रतिनिधिहरूसँग छलफल गरेको खुलासा गरेका छन् ।

ती वार्ताको नतिजाबारे जानकारी दिँदै उनले लेखेका छन्, “मैले इजरायलका प्रधानमन्त्री नेतन्याहूसँग निकै फलदायी कुराकानी गरेँ । अब बेरुततर्फ कुनै पनि सैनिक पठाइने छैनन्, र त्यहाँ पठाउने तयारीमा रहेका वा मार्गमा रहेका सैनिकहरूलाई तत्काल फिर्ता बोलाइएको छ ।”

तर, ट्रम्पले सोमबार दिनभर यी बहुपक्षीय वार्ताहरूमा संलग्न रहँदा इरान वार्ताको प्रक्रियाबाट पछि हट्न सक्ने अनुमानसम्बन्धी रिपोर्टहरू पनि सार्वजनिक भएका थिए ।

यी टिप्पणी गर्नुअघि एनबीसी न्यूजसँग ट्रम्पले त्यस्ता अड्कलबाजीलाई खारेज गरेका थिए । उनले इरानले कूटनीतिक संवाद स्थगित गरेको भन्ने समाचारबारे वासिंटनलाई कुनै आधिकारिक जानकारी प्राप्त नभएको स्पष्ट पारेका थिए । एनडीटीभी
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल

काठमाडौँ, २ भदौ । बैंकको कर्मचारी भन्दै ग्राहकको नो योर कस्टमर (केवाईसी) अद्यावधिक गर्ने बहानामा ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले

काठमाडौँ, २ भदौ । काठमाडौँको टोखामा भएको लुटपाटमामा संलग्न देखिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सहायक हवलदार कृष्ण बहादुर शाहीलाई