चाँगुनारायण नगरपालिका र नेपाल इन्जिनियरिङ कलेजबीच समझदारी

भक्तपुर, १९ जेठ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज र चाँगुनारायण नगरपालिका बिच सामदायिक विकास तथा विद्यार्थीलाई इन्र्टनशीप प्रदान गर्न समझारी कायम गरिएको छ । सोमबार कलेज र चाँगुनारायण नगरपालिका विच औपचारिक रुपमा समझदारी गरिएको हो ।

नगरपालिकाले कलेजका विद्यार्थी तथा शिक्षक, कर्मचारीहरूलाई  नवप्रवर्तन, उद्यमशीलता तथा सीप विकासमा प्रोत्साहन गर्न यो समझदारी गरिएको बताइएको छ । जसमा कलेजले सीपयुक्त जनशक्ति र अन्य प्राविधिक सहायताले समुदायको विकासमा स्थानीय नगरपालिकालाई सहयोग गर्नेछ ।

नगरपालिका र नगरपालिका अन्तर्गतका सबै स्थानीय वडाहरूले विद्यार्थीहरूको व्यावहारिक ज्ञान तथा कार्यानुभव अभिवृद्धि गर्न नेपाल इन्जिनियरिङ कलेजका विभिन्न कार्यक्रमहरूमा अध्ययनरत विद्यार्थीहरूलाई न्यूनतम ३ (तीन) महिना अवधिको इन्टर्नशिप प्रदान गर्ने समझदारी भएको कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीले बताए ।

कलेजका नवीन सोच, प्रविधि तथा परियोजना प्रस्तावमार्फत् छनोट भएमा विद्यार्थीहरूलाई चाँगुनारायण नगरपालिकाले नगरपालिकाको नीति–नियमबमोजिम आवश्यकताअनुसार आर्थिक सहयोग उपलब्ध गराउने,  मार्गदर्शन तथा अवसर उपलब्ध गराउने सहमति गरिएको छ ।

कलेजले विद्यार्थीको ज्ञान, सीप र क्षमता निखार्न विभिन्न व्यवसायिक प्रतिष्ठान, उद्योग तथा परामर्श संस्थाहरुसँग सहकार्य गर्दै आइरहेको छ । एकेडेमिया र इन्ड्रष्टी विचको दुरी कम गराउँदै देश र समुदायका लागि अपरिहार्य दक्ष जनशक्ति उत्पादनमा यस्ता सहकार्यले टेवा पुग्ने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल

काठमाडौँ, २ भदौ । बैंकको कर्मचारी भन्दै ग्राहकको नो योर कस्टमर (केवाईसी) अद्यावधिक गर्ने बहानामा ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले

काठमाडौँ, २ भदौ । काठमाडौँको टोखामा भएको लुटपाटमामा संलग्न देखिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सहायक हवलदार कृष्ण बहादुर शाहीलाई