काठमाडौँ, १८ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनबाट पारित भई आएका दुई महत्त्वपूर्ण विधेयकहरू प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आइतबार विधेयकहरू प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।





