प्रतिनिधि सभाको बैठक बस्दै: बजेटमाथि छलफल सुरु हुने

काठमाडौँ, १८ जेठ । सङ्घीय संसद्को प्रतिनिधि सभाको आज बस्ने भएको छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूची अनुसार आज सोमबार दिनको १:०० बजे बस्ने सोह्रौँ बैठकमा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने भएको छ । आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।

बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । अर्थ मन्त्रीले प्रस्ताव प्रस्तुत गरेपछि उक्त वार्षिक अनुमानमाथि सदनमा सामान्य छलफल सुरु हुने सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा

बागलुङ,२ भदाै । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटन प्रवर्द्धन र स्थानीय

काठमाडौँ, २ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले देशको ऊर्जा प्रणालीमा देखिएका समस्या समाधान र वितरण प्रणालीको सुदृढीकरण

काठमाडौँ, २ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी स्थापनाकालदेखि निरन्तर खटिरहेका व्यक्तिले स्थानीय तहको चुनावमा उम्मेदवार हुने