नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको विदाइ

काठमाडौँ, ३ जेठ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरेको छ।

एसियन गेम्स महिला क्वालिफायर र एसीसी महिला प्रिमियर कपको लागि क्यानले आज टोलीको बिदाइ गरेको हो।

टोलीमा कप्तान इन्दु बर्मा र उपकप्तान पूजा महतो छन् । यसै गरी टोलीमा सीता रानामगर, सोनी पाख्रिन, सीमा केसी, विन्दु रावल, सम्झना खड्का, रुबि पोद्दार, कविता कुँवर, कविता जोशी, रिया शर्मा, अनु कडायत, मनिषा उपाध्याय र रुबिना क्षेत्री छन् ।

वैकल्पिक खेलाडीमा सावित्री धामी, सोमु बिस्ट, सना परवीन र लक्ष्मी साउदलाई राखिएको छ । एसियन गेम्स क्वालिफायर यही मे २३ देखि ३१ सम्म र प्रिमियर कप जुन १ देखि १३ सम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ साउन । मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा टिपरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १ साउन । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः सञ्चालनमा ल्याइएको छ ।काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्लू

काठमाडौँ, १ साउन । साउन महिना सुरु भएसँगै देशभर हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ । महिलाले हातमा मेहन्दी

काठमाडौँ, १ साउन । काठमाडौँको कपनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति करिब